आईजीपी नियुक्ति विवाद - डीआईजी र एआईजीको मुद्दालाई ‘लगाउ’मा राख्न आदेश  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आईजीपी नियुक्ति विवाद – डीआईजी र एआईजीको मुद्दालाई ‘लगाउ’मा राख्न आदेश 

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजी) र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा विवादबारे दायर रिटको सुनुवाइ गर्दै ‘लगाउ’मा राख्न आदेश दिएको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

इजलासको यो आदेशसँगै एआईजी पोखरेलको आईजीपी हुने सम्भावना न्यून हुँदै गएको छ ।  रिट निवेदक पोखरेलले रिटमार्फत आफू पहिले एआईजी भएको र वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षक (आईजी) नियुक्त गरिनुपर्ने माग गरेका छन् । वर्तमान आईजी धिरजप्रताप सिंहलाई काममा रोक लगाउन पनि पोखरेलको माग छ । यस्तै, सिंहलगायतलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट एआईजी बनाउँदा पनि वरियता मिचेर बढुवा गरेको भन्दै तत्कालीन डीआईजीहरू ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र घनश्याम अर्यालले रिट दायर गरेका थिए । हाल सेवा निवृत्त भइसकेका तीन डीआईजी र एआईजी पोखरेलको मुद्दालाई न्यायाधीशद्वयको इजलासले ‘लगाउ’मा राख्न आदेश दिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);