शुक्रबार र शनिबार कलंकी–कोटेश्वर–जगाती सडकमा सवारीसाधन रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

शुक्रबार र शनिबार कलंकी–कोटेश्वर–जगाती सडकमा सवारीसाधन रोक

sadak khali

काठमाडौं, २० मंसिर । ट्राफिक प्रहरीले चक्रपथको कलंकी–कोटेश्वर–जगातीसम्मको मुख्य लेनमा शुक्रबार र शनिबार पाँच घन्टा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत साइक्लिङका प्रतिस्पर्धा हुने भएकोले शुक्रबार र शनिबार कलंकी–कोटेश्वर–जगातीसम्मको मुख्य लेनमा सवारीसाधन सञ्चालनमा रोक लगाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । मुख्य लेनको दायाँबायाँ रहेको सर्भिस लेनमा भने सवारी चलाउन सकिनेछ । यो व्यवस्था अनुसार शुक्रबार र शनिबार बिहान ११ देखि ४ बजेसम्म उक्त सडकखण्डको मुख्य लेनमा सवारी चलाउन पाइनेछैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);