गैर आवासीय नेपाली संघ एनआरएनएको विश्व सम्मेलनका लागि प्रतिनिधिहरु राजधानी आउन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

गैर आवासीय नेपाली संघ एनआरएनएको विश्व सम्मेलनका लागि प्रतिनिधिहरु राजधानी आउन सुरु

काठमाडौँ, २२ असोज। गैर आवासीय नेपाली संघ एनआरएनएको नवौं विश्व सम्मेलनका लागि प्रतिनिधिहरु राजधानी आउन सुरु,सम्मेलनमा ५५ देशबाट करिब २२ गैर आवासीय नेपाली सहभागि हुने ।

गैर आवासीय नेपाली संघ एनआरएनएको नवौं विश्व सम्मेलनका लागि प्रतिनिधिहरु राजधानी आउने क्रम सुरु भएको छ ।

एनआरएनएका सचिव जानकी गुरुङले बुधबारसम्म ५० भन्दाबढि देशका प्रतिनिधिहरु नवौं विश्व सम्मेलनमा भाग लिन काठमाडौं आईसकेको जानकारी दिनु भएको छ । एनआरएनएको सम्मेलन यही असोज २८, २९ र ३० गते काठमाडौंमा हुँदैछ । सम्मेलनमा ५५ देशबाट करिव २२ सय प्रतिनिधिहरु सहभागी हुने छन् । सम्मेलनमा सहभागी हुनेहरुको नाम दर्ता गर्ने क्रम बिहीबारबाट सुरु हुने सचिव गुरुङले जानकारी दिनु भयो ।

असोज २८ गते मंगलबार प्रधानमन्त्री ओलीले सम्मेलनको उद्घाटन गर्नु हुनेछ । त्यसपछि दोस्रो दिन २९ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । ३० गते सम्मेलन समापन गर्ने कार्यक्रम तय गरिएको पनि एनआरएनले जनाएको छ । नयाँ नेतृत्वका लागि कुमार पन्त र कूल आचार्यले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);