एनआरएनएको नेतृत्व चयनका लागि मतदान जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एनआरएनएको नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं, ३० असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका चयनका लागि बिहीबार मतदान सुरु भएको छ ।

काठमाडौंको होटल हायातमा नयाँ नेतृत्व चयनका लागि एक दिन ढिला गरी एनआरएनएको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको हो । निर्वाचनमा एनआरएनएका अध्यक्ष पदका प्रत्यासीद्धय कुमार पन्त र कुल आचार्यले आ–आफनो टिम बनाएर उम्मेदवारी दिनु भएको छ ।

चुनावी प्रचार अभियानका क्रममा पन्त र आचार्यले आ–आफ्नै पक्षको जित हुने दावी पनि गरेका छन् । सत्तारुढ नेकपा निकट मानिएका अध्यक्षका उम्मेदवार पन्तले एनआरएनएको सदस्यता निःशुल्क वितरण गर्ने विषयलाई मुख्य एजेन्डा बनाउनु भएको छ भने प्रतिस्पर्धी आचार्यले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपालीहरुलाई राहत दिन छुट्टै ‘पसिना कोष’ स्थापना गर्ने विषयलाई मुख्य एजेन्डाको रुपमा अघि सार्नु भएको छ ।

पन्तले मुलुकको समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउने एजेन्डालाई जोड दिनु भएको छ । निर्वाचनमा भाग लिनका लागि एनआरएनएका २६ सयभन्दा बढि प्रतिनिधिहरु सहभागी भएका छन् ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);