ट्राफिक प्रहरीको दसैँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

ट्राफिक प्रहरीको दसैँ

traffic prariri

काठमाडौँ, २१ असोज । मंगलबार विजया दशमी, आफु भन्दा ठूला मान्यजनको हातबाट टिका र आशिर्वाद लिने दिन । नेपालीहरुको यस्तो महान पर्वमा समेत घर जान नपाएका र डिउटिमा खटिएका ट्राफिक प्रहरीले भने कार्यलयलाई नै घर सम्झी कार्यलय प्रमुखबाटै टिका र आर्शिवाद ग्रहण गरेका छन् ।

चाडपर्वमा घर जान नपाएका ट्राफिक प्रहरीले आफना कार्यालय प्रमुखको हातबाट मंगलवार टिका र जमरा ग्रहण गरेका छन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले आफू मातहतका सबै कर्मचारीलाई टिका र जमरा लगाइदिनुभएको थियो । चाडपर्वको बेला विशेष डिउटीमा रहनुपर्ने बाध्यताका बावजुत पनि आफ्नो जिम्वेवारी बहन गर्दै कार्यलयलाई नै घर सम्झिएर दशै मनाइएको महाशाखा प्रमुख ढकालको भनाई छ ।

ट्राफिक जवानले पनि घर जान नपाउँदा आफ्ना कार्यालय प्रमुखको हातबाट टिका र जमरा ग्रहण गर्न पाउँदा घरमै भएको जस्तो अनुभति गरेका छन् ।

चाडपर्वको बेला अझ बढि जिम्मेवारी हुने र जनताको शान्ति सुरक्षाका लागि खटिनुपर्ने हुँदा कार्यलय प्रमुखको हातबाट टिका लगाउन पाउँदा घर जान नपाएको पिडा बिर्सिएको ट्राफिक कर्मचारीको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);