हरित ऊर्जा र भविष्यको गतिशीलता विकासमा मलेसिया र चीनबीच सहकार्य सुदृढ गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८३, बुधवार

हरित ऊर्जा र भविष्यको गतिशीलता विकासमा मलेसिया र चीनबीच सहकार्य सुदृढ गरिने

मलेसिया र चीनबीच भविष्यको गतिशीलता (फ्युचर मोबिलिटी) र हरित ऊर्जा विकासमा द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने सहमति भएको छ । यसै सिलसिलामा मलेसियाको राजधानी क्वालालम्पुरमा मंगलबार ’मलेसिया–चीन ईभी, ब्याट्री तथा न्यू इनर्जी ट्यालेन्ट डेभलपमेन्ट एन्ड इनोभेसन’ फोरम सम्पन्न भएको छ । मलेसियाका उपप्रधानमन्त्री अहमद जाहिद हमिदीद्वारा उद्घाटन गरिएको उक्त फोरमले दिगो गतिशीलता, उन्नत उत्पादन र हरित ऊर्जा रूपान्तरणमा मलेसियाको महत्वाकांक्षालाई उजागर गरेको छ ।
मलेसियाले यस क्षेत्रको विकासलाई तिब्र गतिमा अघि बढाइरहँदा दक्ष जनशक्तिको अभाव र कार्यबल व्यवस्थापनमा चुनौतीहरू देखापरेका छन् । उद्योगको माग र राष्ट्रिय प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम प्रणालीबीचको खाडललाई कम गर्नुपर्ने आवश्यकता महशुस गरिएको छ ।
पहिलो पहलका रूपमा ‘मलेसिया–चीन ग्रीन एन्ड स्मार्ट मोबिलिटी कोअपरेसन हब’ स्थापना गरिनेछ । यसले औद्योगिक सहकार्य, नीतिगत संवाद र पारिस्थितिक प्रणाली (इकोसिस्टम) विकासमा महत्वपूर्ण भुमिका खेल्नेछ । दोस्रो पहलका रूपमा ’फ्ल्यागशिप ईभी, ब्याट्री एन्ड न्यू इनर्जी ट्यालेन्ट प्रोग्राम’ शुरु गरिनेछ, जसको लक्ष्य आगामी पाँच वर्षभित्र १० हजार दक्ष पेशेवरहरू उत्पादन गरी मलेसियाको बढ्दो जनशक्ति मागलाई पूरा गर्नु रहेको छ ।
यी पहलहरूले मलेसियाको तीव्र गतिमा विकास भइरहेको हरित गतिशीलता र स्वच्छ ऊर्जा उद्योगका लागि व्यावहारिक सहकार्य, औद्योगिक नवाचार र दीर्घकालीन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

Leave a Reply

ताजा समाचार