मलेसियाको फेसन शोमा गंगूबाईको झल्को | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

मलेसियाको फेसन शोमा गंगूबाईको झल्को

मुम्बई। अभिनेत्री आलिया भट्टको विश्वभर ठूलो फ्यान फलोइङ छ । विशेषत फिल्म ‘गंगूबाई काठियावाडी’मा उनले निभाएको चरित्रले जोकोही दर्शक प्रभावित छन् । हालैमात्र मलेशियामा भएको एक फेसन शोमा आलियाको गंगूबाई चरित्रको जस्तै गेटअपमा ¥याम्पवाकमा देखिए । फिल्म ‘गंगूबाई काठियावाडी’ जब रिलिज भयो, त्यही समयदेखि आलियाको आइकनिक लुक्स र ‘ढोलिदा’ गीतमा नृत्य गर्ने हुक स्टेप लोकप्रिय भएको थियो । यो आइकनिक लुक्स अहिले मलेसियाको फेसन शोमा प्रयोग गरिएको छ । मलेसियामा भएको ‘नर्दन हट कल्चर फेसन शो २०२२’ मा आलियाको गंगूबाईवाला लुक्सलाई प्रस्तुत गरिएको थियो । यो फेसनमा कैयौं मोडलले गंगूबाईका आइकनिक लुकमा ¥याम्प नापेका थिए । मोडलले गंगूबाईजस्तै जूडा, बिन्दी, फूल लगाएका थिए । उनीहरुले कालो चस्मा पनि छुटाएका थिएनन् । यद्यपि उनीहरुलाई साडीको स्थानमा गाउन लगाएका थिए । तर उनीहरुको लुक्स र हिडाई हेर्दा गंगूबाईको झल्को प्रष्ट देखिन्थ्यो ।

यो शोको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘मिस स्टार मलेसिया २०२२’ ले सामाजिक सञ्जालमा तस्वीर राख्दै ‘इज्जतसँग बाँच्ने, कसैसँग नडराउने’ लेख्दै गंगूबाई काठियावाडीको सम्झना गराएकी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);