‘ड्रेस टु इम्प्रेस’मा १६८ डिजाइनरबीच प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

‘ड्रेस टु इम्प्रेस’मा १६८ डिजाइनरबीच प्रतिस्पर्धा

काठमाडौं । आगामी ८ माघमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुन लागेको ‘ड्रेस टु इम्प्रेस’मा उत्कृष्ट डिजाइनर बन्न एकसाथ १ सय ६८ जना डिजाइनरहरु रनवेमा उत्रने भएका छन् । इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)ले उनीहरुलाई स्टेजमा उतार्न लागेको हो ।

आईआईएफटीले विगत चार वर्षयता हरेक वर्ष आफ्ना डिजाइनरका विद्यार्थी (६ महिने कोर्ष पूरा गरेका)लाई समेटेर ‘ड्रेस टु इम्प्रेस’ नामक फेसन शो गर्दै आएको छ । डिजाइनरहरु स्वंय आफ्नो सिर्जनामा स्टेजमा उत्रने यस फेसन शोको तेस्रो सिजनका लागि यतिखेर १ सय ६८ जना डिजाइनरहरु तयारी अवस्थामा छन्

आईआईएफटीका प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार ‘ड्रेस टु इम्प्रेस–४’ मा अहिलेसम्मकै सबैभन्दा धेरै डिजाइनरहरु प्रतिस्पर्धा गर्न लागेको हो । मोडलिङ र डिजाइनिङको कम्बिनेशन हुने भएकाले प्रतिस्पर्धीलाई अहिले क्याटवाकलगायत मोडलिङबारे समेत प्रशिक्षण लिइरहेका छन् ।

आईआईएफटीका निर्देशक शेर्पा भन्छन्, ‘यो विशुद्ध डिजाइनरहरुको प्रतिपस्र्धा हो, तर, जसमा मोडलिङ पनि जोडिएको छ । त्यसैले पनि यस शोमा सहभागी हुने प्रतिस्पर्धीहरुलाई दोहोरो चुनौती छ ।’

यसअघि ‘ड्रेस टु इम्प्रेस’मा तनि जनाले उपाधि जितिसकेका छन् । सिजन–१ मा सोनी श्रेष्ठ, सिजन–२ मा महेश्वरीनाथ योगी र ३ मा क्युटी शाक्यले उत्कृष्ट डिजाइनरको उपाधि जितेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);