ड्रेस टु इम्प्रेसमा छानिए चार उत्कृष्ट डिजाइनर | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०७९, शनिबार

ड्रेस टु इम्प्रेसमा छानिए चार उत्कृष्ट डिजाइनर

काठमाडौं। डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’ को छैटौं संस्करणमा चारजना उत्कृष्ट डिजाइनर भएका छन् । प्रतिस्पर्धामा सहभागी एक सय २३ जनामध्ये उनीहरू उत्कृष्ट घोषित भएका हुन् । काठमाडौंमा सम्पन्न कार्यक्रममा आयोजक आईआईएफटीः स्कूल अफ फेसन एण्ड इन्टेरियरले डिजाइनरहरूलाई चारवटा थिम दिएको थियो । प्रतिस्पर्धामा ‘रोकोको’ थिममा ओमन लकान्द्री, ‘कलर ब्लकिङ’ थिममा छायाँ खड्का, ‘रेट्रो’ थिममा पुष्पा शाही र ‘नेट विइङ्स’ थिममा विष्णा बम उत्कृष्ट भएका थिए ।

उनीहरूलाई हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, फेसन कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, थे्रड गार्मेन्टका सञ्चालक कृष्णराज तिमल्सिना, केज फिटनेसका अध्यक्ष उज्जवलकृष्ण श्रेष्ठ, फेसन डिजाइनरह महेश महर्जन, कुसुम श्रेष्ठ र निमा श्रेष्ठ थिए ।

Leave a Reply