वास्तविकतालाई आत्मसात गरेर अघि बढ्नुको विकल्प छैन : अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

वास्तविकतालाई आत्मसात गरेर अघि बढ्नुको विकल्प छैन : अध्यक्ष दाहाल

prachanda-annapurna

काठमाडौं, १९ पुस । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपालीहरु नयाँ व्यवस्थामा अझै अभ्यस्त हुन नसकेको बताउनुभएको छ । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले देशमा परिवर्तन स्वरुप आएको नयाँ व्यवस्थामा नेपालीहरुलाई अभ्यस्त हुन अझ केही समय लाग्ने बताउनुभयो ।

नयाँ संरचनाले फाइदा वा घाटा के गर्छ भन्ने कुरामा नै जनता अन्यौलमा रहेको अवस्था र पुरानो संरचनामा बानी परेका कारण केही समस्या भएको उहाँको भनाई थियो ।

अध्यक्ष दाहालले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएर नयाँ संविधान बनेको वास्तविकतालाइ आत्मसात गरेर अघिबढ्नुको विकल्प नरहेको उल्लेख गर्नु भयो ।

फरक प्रसंगमा दाहालले बुद्ध भारतमा जन्मेका हुन भनेर युरोपका देशहरुले आफ्नो पाठ्यक्रमहरुमा लेखेको भएपनि अहिले अभियान नै चलाएर त्यसलाई सच्चाउने काम सुरु भएको बताउनुभयो ।
annapurna ktm samaj

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);