कांग्रेसले प्रदेश नं २ मा अझै उम्मेदवार टुंगो लगाउन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कांग्रेसले प्रदेश नं २ मा अझै उम्मेदवार टुंगो लगाउन सकेन

काठमाडौं, १० भदौ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर दुईमा उम्मेदवारको टुंगो लगाउन अझै केही समय लगाउने भएको छ ।

 

संविधान संशोधन विधेयक संसदबाट पास गराउने विषय र तराईका जिल्लामा आएको बाढी र डुबानको समस्याले केही ढिलाई भएको भन्दै कांग्रेसले भदौ दोश्रो साता भित्र सबै उम्मेदवारको नाम टुंगो लगाउने तयारी गरेको छ ।

 

सोही तयारीमा पार्टीका कार्यवाहक सभापति बिमलेन्द्र निधीले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदेश नम्बर दुईका सांसद, केन्द्रीय सदस्य तथा जिल्ला सभापतिसंग संयुक्त छलफल गरेका छन् ।

 

उम्मेदवारको टुंगो सहमतिबाट नै लगाउने प्रयासमा निरन्तर छलफल भईरहेको भन्दै उनले २१ गते अगावै टुंगोमा पुगिने बताए । उनले ७० प्रतिशत उम्मेदवारको टुंगो लागेको र बाँकी ३० प्रतिशतमा सहमति जुटाउने प्रयास भईरहेको बताए ।

 

यसअघि कांग्रेसले साउन मसान्तसम्म सबै उम्मेदवारको नाम टुंगो लगाउने बताउँदै आएको थियो । कार्यवहाक सभापति निधिले प्रदेश नम्बर २ का सिरहा, सप्तरी, सर्लाही र महोत्तरीका जिल्लाको छलफल सकिएको बताए । उनले भने बाँकी रहेका धनुषा, बारा, पर्सा र रौतहट जिल्लाको छलफल सकेपछि उम्मेदवारीको निर्णय गरिने छ ।

 

उम्मेदवार चयन सही नभएका कारण स्थानीय तहको पहिलो र दोश्रो चरणको निर्वाचनमा अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको भन्दै पार्टी भित्रै आलोचना भएपछि कांग्रेसले यसपटक पर्याप्त छलफल गरि उम्मेदवारको टुंगो लगाउन लागेको जनाएको छ । स्थानीय तहको तेश्रो चरण अन्र्तगत प्रदेश नम्बर २ मा आगामी असोज २ गते निर्वाचनको मिति तोकिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);