प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा 'हेर्दाहेर्दै'मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जनाको संवैधानिक इजलासले रिटलाई हेर्दाहेर्दैमा राखेको हो । अब मुद्दामाथिको सुनुवाई आइतबार सुरु हुनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधि सभा विघटन विरुद्धका परेका १९ वटा रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश गरेसँगै सबै रिट संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीश छन् । अधिकांश रिट कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय पिआइएलको अधिकार प्रयोग गरेर दायर गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सदस्यका साथ दाबी पेश गर्दा समेत प्रधानमन्त्रीमा नियुक्त नगरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रतिनिधि सभाका १ सय ४६ जना सांसदले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्च अदातलमा रिट दर्ता गराएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);