गृहमन्त्री लामिछानेको नागरिकता मुद्दाको पुुर्ण सुनुवाई आजदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गृहमन्त्री लामिछानेको नागरिकता मुद्दाको पुुर्ण सुनुवाई आजदेखि

काठमाडौं, ११ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको मुद्दामा आजदेखि पुर्ण सुनुवाई हुनेछ । संवैधानिक इजलासले लामिछानेको नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ मा पुर्ण सुनुवाईका लागि पेश गर्न गत पुस २२ गते आदेश दिएको थियो ।

लामिछानेको नागरिकता विवादबारे संवैधानिक इजलासमा सूनुुवाइ हुँदैछ । सर्वोच्च अदालतले जिल्ला प्रहरी परिसर काठमाडौेंले अनुसन्धान गरिरहेको फाइल पनि झिकाएको छ । २०७५ असार ६ मा लामिछानेले अध्यागमन विभागमा पेस गरेको कागजात र मंसिर १३ मा उम्मेदवारी सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णयको सक्कल प्रति पनि झिकाएको छ ।

विदेशको नागरिकता त्यागेपछि नागरिकता ऐन–२०६३ को दफा ११ को प्रक्रियामा गएर फेरी नागरिकता लिनुपर्ने रिट दायरकर्ताहरुको दाबी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);