बागमतीले तीन मन्त्रालय घटायो, आजै मन्त्रिपरिषद विस्तार | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

बागमतीले तीन मन्त्रालय घटायो, आजै मन्त्रिपरिषद विस्तार

काठमाडौं, ११ माघ । बाग्मती प्रदेशका तीन मन्त्रालय कटौती भएका छन् । मुख्यमन्त्री शालिकराम जमरकट्टेलले १४ बाट घटाएर ११ मन्त्रालय कायम गरेका हुन् । हाल १४ मन्त्रालय थिए ।

मुख्य सचिव मुकुन्दप्रसाद निरौलाको नेतृत्वमा बनाइएको मन्त्रालय निर्धारण समितिले मंगलबार मन्त्रायलय कटौती गर्ने गरी सुझावसहितको प्रतिवेदन पेश गरेको थियो । समितिलाई अध्ययनका लागि १६ दिनको समय दिइएको थियो ।

उद्योग तथा वाणिज्य, युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई कटौती गरी अन्य मन्त्रालयमा गाभ्न समितिले सुझाएको बुझिएको छ ।

बाग्मती प्रदेशले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको छ । गत पुस २६गते सत्तागठबन्धनको समर्थनमा जमकट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन उनले तीन मन्त्री पनि बनाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);