विद्यालय शिक्षा र उच्च शिक्षाको छाता ऐन ल्याउन सरकारले तदारुकताका साथ काम गर्छः मन्त्री खनाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

विद्यालय शिक्षा र उच्च शिक्षाको छाता ऐन ल्याउन सरकारले तदारुकताका साथ काम गर्छः मन्त्री खनाल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले विद्यालय शिक्षा र उच्च शिक्षाको छाता ऐन ल्याउन सरकारले तदारुकताका साथ काम गर्ने बताउनुभएको छ ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै शिक्षा मन्त्री खनालले विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐन ल्याउन सरकारले सक्रिय भएर लाग्ने बताउनुभएको हो । उहाँले आफू सो ऐन ल्याउने कुराप्रति अत्यन्तै सचेत रहेको स्पष्ट पार्नुभयो । सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि दुवै कुरालाई प्राथमिकतामा राखेको भन्दै छिटोभन्दा छिटो ति ऐनहरुलाई सांसदहरुको हातसम्म पु¥याउने मन्त्री खनालको भनाइ थियो ।

उहाँले नेपाल विश्वविद्यालयको आवश्यकता अध्ययनका लागि विदेशिनुपर्ने बाध्यतालाई रोक्नका लागि भएको उल्लेख गर्नुभयो । विद्यार्थीहरुलाई स्वदेशमै उच्च शिक्षाको अवसर हुँदा नेपालको आर्थिक विकास हुने र अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिने मन्त्री खनालको भनाइ थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);