तीन मन्त्रालय कटौती गर्दै बागमती प्रदेश | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

तीन मन्त्रालय कटौती गर्दै बागमती प्रदेश

काठमाडौं, १० माघ । बाग्मती प्रदेशका तीन मन्त्रालय कटौती हुने भएका छन् । मुख्यमन्त्री शालिकराम जमरकट्टेलले १४ बाट घटाएर ११ मन्त्रालय कायम गर्न लागेको स्रोतले जनाएको छ ।

मुख्य सचिव मुकुन्दप्रसाद निरौलाको नेतृत्वमा बनाइएको मन्त्रालय निर्धारण समितिले आज दिउँसो १ बजे प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । समितिलाई अध्ययनका लागि १६ दिनको समय दिइएको थियो । समितिले १० देखि ११ मन्त्रालय राख्न सुझावसहितको प्रतिवेदन बनाएको छ ।

उद्योग तथा वाणिज्य, युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई कटौती गरी अन्य मन्त्रालयमा गाभ्न समितिले सुझाएको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);