बागमती प्रदेशमा : एउटै भवनमा पाँचवटा मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बागमती प्रदेशमा : एउटै भवनमा पाँचवटा मन्त्रालय

हेटौंडा । बागमती प्रदेशमा आश्यक स्रोत साधन र कर्मचारीको व्यवस्थापन विना सत्तारुढ गठबन्धनमा भागबण्डा मिलाउन मन्त्रालय विभाजन गर्दा समस्या बढेको छ। प्रदेशमा रहेका आठ मन्त्रालयलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले १४ वटा पुर्‍याएका छन्। मन्त्रालयहरु विभाजित हुँदा कर्मचारी, मन्त्रालय राख्ने भवन, सवारीसाधन, मन्त्री बस्ने ठाउँको अभावसँगै प्रदेश सरकारको खर्च पनि बढेको छ। एउटै मन्त्रालयलाई फुटाएर चार मन्त्रालय सम्म बनाईएको छ ।

हेटौंडा उपमहानगरपालिका १ चौकिटोलस्थितको एउटै भवनमा प्रदेश सरकारको पाँचवटा मन्त्रालय छन्। सुरुवातमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय मात्रै भएको भए पनि अहिले यी दुई मन्त्रालय फुटेर पाँच वटा बनेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयबाट खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालय बनेको छ।

६ तले भवनमा सिँचाई मन्त्रालय सबैभन्दा पहिलो तलामा, भौतिक पूर्वाधार दोस्रोमा र यातायात मन्त्रालय छैटौं तलामा छ। एउटै मन्त्रालयबाट सबै सेवा दिइरहेका कर्मचारीहरु अहिले दिनभरि पहिलोदेखि छैटौं तलासम्म भागदौड गर्न बाध्य छन्।

‘सबैभन्दा धेरै ठाउँ चाहिने श्रम रोजगार तथा यातायात मन्त्रालय तीन वटा कोठामा खुम्चिएर बसेको छ। अन्य मन्त्रालय रहेको भवनको सबैभन्दा माथिल्लो तलाको एक छेउमा यो मन्त्रालयले ठाउँ पाएको छ। अर्को छेउमा भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय रहेको छ। यातायात मन्त्रालय भवनको एक छेउमा रहेको ३ वटा कोठामा सीमित छ। एउटा कोठामा मन्त्री रहेका छन् भने अर्को एउटा कोठामा मन्त्रालयको सबै कर्मचारी खाँदिएका छन्। बाहिरको अर्को एउटा बैठक कोठाजस्तो छ। मन्त्रीको सचिवालय राख्ने समेत ठाउँ छैन।

कृषि मन्न्त्रालयबाट फुटेर बनेको सहकारी मन्त्रालय पनि ३ वटा कोठामा सीमित बन्न परेको छ। मन्त्रालय राख्ने छुट्टै सरकारी भवन नहुँदा अहिले मन्त्रालय बसेको भवनकै माथिल्लो तलाको ३ वटा कोठामा मन्त्रालय राखिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);