काठमाडौं, १० माघ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
शेरचन आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् ।
भेटको क्रममा दाहाललाई उनले शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा समसामयिक विषयमा छलफल नभएको बताइएको छ ।




