संविधानभन्दा माथि कोही छैन : प्रदेश प्रमुख शेरचन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संविधानभन्दा माथि कोही छैन : प्रदेश प्रमुख शेरचन

बिमल क्षेत्री,
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले संविधानभन्दा माथि कोही नभएको बताएका छन् ।

शुक्रबार बुटवलमा पदबहाल गर्दै प्रदेश प्रमुख शेरचनले संविधानले दिएको अधिकारभन्दा बाहिर कोही पनि नरहेको बताएका हुन् । शेरचनले आफूले पनि त्यहीँ भित्र बसेर काम गर्ने प्रतिबद्धता जनाए ।

नेपाल सरकारको सिफारिस र राष्ट्रपतिको नियुक्ति पाएर लुम्बिनी प्रदेश आउने मौका पाएको बताउँदै शेरचनले कसैले पनि संविधान नाघेर हिँड्ने अवस्था आउन दिन नहुने जिकिर गरे । उनले शान्ति र संवैधानिक तरिकाले प्रदेश चलाउने प्रतिवद्धता जनाए ।

राष्ट्रले प्रकृतिले दिएको सम्पदालाई उपयोग गर्न नसकेको बताउँदै लुम्बिनी प्रदेशमा रहेका प्राकृतिक सम्पदाको संरक्षण र संवद्र्धन गर्नुपर्ने धारणा शेरचनले राखे । कालीगण्डकी नदीको बहावलाई कम हुन नदिई तल्लो तटीय क्षेत्रका जनतालाई सिंचाईंको प्रबन्ध गर्न सके राम्रो हुने उनको तर्क छ ।

प्रदेश प्रमुख शेरचनको स्वागतमा मुख्यमन्त्री सहित मन्त्रीहरुको उपस्थिती थिएन । उनलाई प्रदेश प्रमुख कार्यालयका कर्मचारीले स्वागत गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);