लुम्बिनीका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ लिंदै, मन्त्रीको टुंगो लाग्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ लिंदै, मन्त्रीको टुंगो लाग्दै

काठमाडौं, १५ वैशाख । लुम्बिनी प्रदेशको नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज शपथ लिदैंछन् । प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रदेश प्रमुख शेरचनले आज नै सबै मन्त्रीहरुको सपथ गराउने गरी तयारी गर्न दलहरुलाई आग्रह गरे पनि भागबण्डाको विषय नमिलेको हो । गठबन्धन दलमा कांग्रेसले ४, माओवादीले ३ र साना दलले ४ मन्त्रालय राख्नेगरी करिब सहमति जुटेको भनिएपनि साना दललाई संख्या नपुगेकाले बुझिएको छ ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार ८ दलका ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष उनले दाबी पेस गरेका थिए । चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन छ । यसअघि बनेको एमाले नेता लिला गिरी नेतृत्वको सरकारले सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि ढलेको थियो । चौधरीलाई कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३÷३ र जनमोर्चा, नेकपा एस र स्वतन्त्रका १÷१ जनासहित ५३ जनाको समर्थन छ ।

८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ मत आवश्यक पर्छ । चौधरी दाङको निर्वाचन क्षेत्र नं. ३ (१)बाट निर्वाचित भएका थिए । यसअघि पनि निर्वाचित उहाँ अघिल्लो प्रदेश सभामा लामो समयसम्म सार्वजनिक लेखा समितिको सभापति भएर काम गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);