लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिदैं

काठमाडौं, ५ माघ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिंदैछन् । सत्तारुढ दल नेकपा (एमाले)का संसदीय दलको नेता  गिरीले आज दिउँसो बस्ने प्रदेश सभाको चौथो बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

गत पुस २७ गते ५८ संसदको समर्थनम पाएका गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन आवश्यक हुन्छ । एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपाका ३ र जनमत पार्टीका ३ सांसद छन् ।

केन्द्रीय सत्ता गठन्धनको सहमतिअनुसार लुम्बिनी प्रदेशमा एमालेले पुरै पाँच वर्ष नेतृत्व लिनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);