आज सभामुख चयन हुदैं, यस्तो छ कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

आज सभामुख चयन हुदैं, यस्तो छ कार्यसूची

काठमाडौं, ५ माघ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको आजको बैठक ११ बजे बोलाइएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद गठनसम्बसबन्धि पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

सभामुख पदको लागि नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभाका सदस्य देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गर्ने र सो प्रस्तावलाई सांसदहरु हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछानेले समर्थन गर्नेछन् ।

त्यसैगरी, नेपाली कांग्रेसकी सभामुख पदमा उम्मेदवार ईश्वरी न्यौपानेलाई पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव विश्वप्रकाश शर्माले गर्ने र सो प्रस्तावलाई सांसद प्रकाश ज्वालाले समर्थन गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);