प्रतिनिधि सभाको बैठक सुरु (लाईभ) | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०७९, शुक्रबार

प्रतिनिधि सभाको बैठक सुरु (लाईभ)

काठमाडौं, ५ माघ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकले सभामुख चयन गर्नेछ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद गठनसम्बसबन्धि पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

बैठकमा सभामुख चयनसम्बन्धी प्रक्रिया अघि बढ्नेछ। सभामुख पदमा मनोनयन दर्ताका लागि बुधबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म दिइएको समयमा दुई जना उम्मेदवारले उम्मेदवारी दर्ता गरेका थिए।

सभामुख पदको लागि नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभाका सदस्य देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गर्ने र सो प्रस्तावलाई सांसदहरु हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछानेले समर्थन गर्नेछन् ।

त्यसैगरी, नेपाली कांग्रेसकी सभामुख पदमा उम्मेदवार ईश्वरी न्यौपानेलाई पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव विश्वप्रकाश शर्माले गर्ने र सो प्रस्तावलाई सांसद प्रकाश ज्वालाले समर्थन गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply