अग्नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अग्नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित

sabhamukh sapkota

काठमाडौं, १२ माघ ।  संघीय संसद प्रतिनिधिसभाको सभामुख पदमा नेकपाका सांसद अग्निप्रसाद सापकोटा र्निविरोध निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आईतबारको बैठकले सापकोटालाई सभामुखमा सर्वसम्मत चयन गरेको हो ।

बैठकमा बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्ताव परेकाले प्रतिनिधिसभा नियमावलि २०७५ को नियम ७ को उपनियम ३ बमोजिम सापकोटा र्निविरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभएको हो ।

त्यसअघि आइतबारनै नेकपाका उपनेता सुवास नेम्बाङले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रतिनिधिसभाको बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो । नेम्बाङको प्रस्तावमा नेकपाका प्रमुख सचेतक देव गुरुङ,पूर्व सभामुख ओनसरी घर्तीमगर र राजपाका सांसद लक्षमणलाल कर्णले समर्थन गर्नुभएको थियो ।

सापकोटालाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शितल निवासमा सपथ गराउनुहुनेछ । प्रतिनिधिसभाको हिउदे अधिवेशनको पहिलो बैठक पुस ४ गते बसेको भएपनि संसदले ३८ दिनपछि मात्रै आईतबार सभामुख पाएको हो ।

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्ण बहादुर महराले गत असोज १४ गते राजीनामा दिएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त थियो ।प्रतिनिधिसभाको अर्को बैठक माघ १४ गते मंगलबार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);