सरकारले मानव अधिकार आयोगका अधिकार संकुचन गर्न हुँदैन : नेता खाँण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सरकारले मानव अधिकार आयोगका अधिकार संकुचन गर्न हुँदैन : नेता खाँण

balkrishna khad

काठमाडौं, १२ माघ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मानवअधिकार आयोगका अधिकारहरु सरकारले संकुचन गर्न नहुने बताउनुभएको छ ।

आइतबार संसदको कानून न्याय तथा मानवअधिकार समितिमा मानवअधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजनाको मस्यौदामाथिको छलफलमा सांसद खाँडले मानवअधिकार कुनै सरकारी निकाय नभएको उल्लेख गर्नुभयो । उहाँले अधिकार र स्वतन्त्रता हनन हुने काम कसैले गर्न नहुने समेत बताउनुभयो ।

खाणले मानवअधिकार आयोगको पनि आफ्ना सीमाहरु हुने र उसले आफ्ना सीमाहरु पालना गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले आयोगले दिएको प्रतिवेदन र गरेका सिफारिसहरु कार्यान्वयनको जिम्मा तीन वटै तहका सरकारको भएको बताउनुभयो । त्यसका लागि तीन वटै तहका सरकारले प्रतिवद्धता जनाउनुपर्ने खाँडको भनाई छ ।

बैठकमा अर्का सांसद पद्मनारायण चौधरीले स्थानीय तहहरुमा पर्याप्त मात्रामा बजेट भएपनि स्वास्थ्य क्षेत्रमा योगदान नगरेको गुनासो गर्नुभयो ।
सांसद शेरबहादुर तामाङले संवैधानि आयोगहरु गठन हुन नसकेको प्रति ध्यानाकर्षण गराउनुभयो ।

समितिमा आइतबार मानवअधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजनाको मस्यौदामाथि छलफल भएको हो । सोमबार आवश्यक थप छलफल गरी मस्यौदा प्रधानमन्त्री समक्ष पेश गरिने समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);