अग्नि सापकोटाविरुद्धको मुद्दा न्यायाधीश फुँयालले हेर्न नमिल्ने | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

अग्नि सापकोटाविरुद्धको मुद्दा न्यायाधीश फुँयालले हेर्न नमिल्ने

agani sapkota

काठमाडौं, १२ माघ । सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्धको मुद्दा सर्वोच्चका न्यायाधीश हरि फुँयालले हेर्न नमिल्ने भएपछि अर्काे पेशी तोकिने भएको छ । सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनु अघि कानुन व्यवसायीका रूपमा बहस गरेकाले फुँयालले उक्त मुद्दा हेर्न नमिल्ने भएको सर्वोच्च अदालतले जनाएको छ ।

सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत शुक्रवार दायर गरेको रिटमा अब अर्को पेशी तोकिने भएको छ । आइतबारको पेशीमा उक्त मुद्दा फुँयालको एकल इजलासमा परेको थियो । त्रिपाठीले दायर गरेको रिटमा सापकोटा द्वन्द्वकालमा व्यक्ति हत्यामा संलग्न रहेको आरोप लगाउँदै पक्राउ गरेर अनुसन्धान गर्न पनि माग गरिएको थियो ।

त्यस्तै, सापकोटा विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलसमा र सत्य निरुपण तथा मेलमिलाप आयोग लगायतमा मुद्दा रहेकाले सभामुखमा निर्वाचित हुनबाट रोक्न त्रिपाठीको रिटमा माग गरिएको थियो ।

न्यायाधीश फुँयालको इजालसमा उक्त रिटमाथि बहस हुने भएपछि सापकोटाविरुद्धको मुद्दामा न्यायाधीस हुनु अघि बहस गरेकाले उक्त मुद्दा हेर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न उठेको थियो ।सुशील प्याकुरेललगायत ८ जनाले २०७२ सालमा हालेको मुद्दामा सापकोटाविरुद्ध फुँयालले बहस गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);