साना दलका शर्तशर्तका बीच लुम्बिनी प्रदेशको मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

साना दलका शर्तशर्तका बीच लुम्बिनी प्रदेशको मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

काठमाडौं,३० चैत्र । लुम्बिनी प्रदेशको मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै हुनुहुन्छ । पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसदको समर्थनमा बहुमत पु¥याएका माओवादी केन्द्र संसदीय दलका नेता महरालाई विश्वासको मत दिन साना दलले विभिन्न शर्त राखेका छन् ।

केन्द्रमा सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी, जसपाले मात्र नभई प्रदेशमा सहकार्य गरेको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले मन्त्री नपाउने भए विश्वासको मत दिन नसकिने शर्त राखेका छन् । ४ सांसद रहेको नाउपा, ३ सांसद रहेको जसपा, १ सांसद रहेको एकीकृत समाजवादी र स्वतन्त्रका सांसदको समर्थन नपाए माओवादी र एमालेका सांसदले मात्र बहुमत पुग्दैन ।

८७ सदस्यीय लुम्बिनीको प्रदेशसभामा राप्रपाका एक सदस्य निलम्बनमा परेपछि ८६ सांसद कायम छन् । सरकार गठनका लागि ४४ सदस्य आवश्यक पर्नेमा अहिले नागरिक उन्मुक्तिसहित ४८ सांसदको समर्थन छ । तर, विश्वासको मतका लागि जसपाले यसअघिको सहमति अनुसार २ मन्त्रालयमा दाबी गरिरहेको छ । २ मन्त्रालय नदिए विश्वासको मत नदिने उसको सर्त छ ।

त्यस्तै ४ सांसद रहेको नागरिक उन्मुक्तिले पनि भौतिक पूर्वाधार मन्त्रालयसहित अर्को एक मन्त्रालय दिनुपर्ने सर्त राखेको छ । एकीकृत समाजवादी र स्वतन्त्र सांसदले पनि मन्त्रालयको टुंगो नलगाई विश्वासको मत दिन नसक्ने सर्त राखेको छ । ८७ सदस्यीय प्रदेश सभामा एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा महरा यही चैत २३ गते लुम्बिनीको मुख्यमन्त्री नियुक्त हुनु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);