गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज

काठमाडौं, १३ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पदको निरन्तरतासँग जोडिएको नागरिकता मुद्दाको सुनुवाई आज सर्वोच्च अदालतमा हुने भएको छ । गत माघ ११ गते संवैधानिक इजलासले यो मुद्दा हेर्दाहेर्दैमा राखेको थियो ।

दुवैतर्फका वकिलहरुको बहस सकिएपछि यो विवादमा आजै सर्वोच्चले निर्णय दिने सम्भावना रहेको छ । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहेको वा नरहेको र अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन फेरि आवेदन दिनुपर्ने थियो वा थिएन भन्ने विवाद सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ ।

अमेरिका हुँदा त्यहाँको नागरिकता लिएका लामिछाने नेपाल आएर सञ्चारकर्म गरिरहँदा विवाद भएपछि त्यहाँको नागरिकता त्यागेका थिए । अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता फेरि कायम गर्ने प्रक्रिया पूरा नगरेको भनीे सांसद पद खारेज हुनुपर्ने मागदावी सहितको सर्वोच्च अदालतमा मुद्दा परेको हो ।

दोहोरो नागरिकता, नागरिकता परित्याग र पुन कायम गर्ने विषयमा यो विवाद महत्वपूर्ण नजीर हुने र दूरगामी महत्व राख्ने कानूनका ज्ञाताहरुको भनाइ छ । ५ जना न्यायाधीशले गर्ने संवैधानिक इजलासको फैसला पुनरावलोकन पनि नहुने भएकाले यो मुद्दामा आम चासो पनि छ । लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि फेरि नागरिकता कायम गराउन निवेदन नदिएकाले पुरानो नागरिकता प्रमाणपत्र बैध नहुने दावी रिट निवेदकको छ । नागरिकता परित्याग नगरेको लामिछानेको दावी छ ।

अमेरिकाको नागरिकता लिएपछि नेपालको नागरिकता कायम नरहे पनि विदेशी त्याग्नासाथ स्वतः कायम हुने लामिछाने पक्षको तर्क छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);