बालेनले मागे सुकुम्बासी बस्ती हटाउन गृहसँग सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बालेनले मागे सुकुम्बासी बस्ती हटाउन गृहसँग सहयोग

काठमाडौं, १३ माघ । काठमाडौंका विभिन्न ठाउँमा अवैध रूपमा बसेका सुकुम्बासीलाई हटाउन काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले गृह मन्त्रालयसँग सहयोग गर्न आग्रह गरेका छन् ।

साहले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग भेट गर्दै सुकुम्बासी बस्ती हटाउने महानगरको योजनामा साथ दिन आग्रह गरेका थिए । गृह मन्त्रालयमा भएको भेटमा महानगरभित्रको समस्याको रूपमा रहेको सुकुम्बासी समस्यालाई समाधानमा सहयोग मेयर साहले मन्त्री लामिछानेलाई आग्रह गरेको स्रोतले जनाएको छ ।

गृहमन्त्री लामिछानेले आफू महानगरको सुकुम्बासी समस्या समाधानका लागि सकारात्मक रहेको बताउँदै समस्या साधानका लागि अपनाउनुपर्ने उपायका बारेमा छलफल गरेर मात्रै अगाडि बढ्न साहलाई सुझाव दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);