बालेनलाई सुकुम्बासी बस्ती हटाउन रविले सहयोग गर्छन् त ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बालेनलाई सुकुम्बासी बस्ती हटाउन रविले सहयोग गर्छन् त !

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बाग्मती किनारमा रहेको अवैध संरचना हटाउन गृहमन्त्रालयसँग सहयोग मागेको छ ।

बालेन साह नेतृत्वको महानगरले पत्र लेखेरै सहयोगको आग्रह गरेपछि गृहमन्त्री रवि लामिछानेले के गर्लान् भन्ने सर्वाधिक चासोको रुपमा हेरिएको छ ।

महानगरले गृहलाई थापाथलीको अनधिकृत संरचना हटाई त्यहाँ सौन्दर्यकरण कार्य तत्काल सुरु गर्ने कार्यक्रम रहेको जानकारी दिँदै संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध गरेको हो ।

मेयर बालेन र गृहमन्त्री रवि लामिछाने स्थानीय चुनावतीर नजिक देखिएका थिए । गत असारमा भएको स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन काठमाडौं महानगरको प्रमुख भए भने रवि प्रतिनिधि सभाको निर्वाचनमा चितवन–२ बाट सर्वाधिक मतसहित निर्वाचित भएका छन् । भर्खरैमात्र रविले उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका छन् ।

बालेन रविको पक्षमा चुनावमा खुलेर नबोलेपनि उनले जस्तै प्रदेशसभा निर्वाचनमा मत भने दिएनन् । यसबाट पनि उनीहरु एकै ठाउँमा छन् भन्ने अनुमान गर्न सकिन्छ ।

बालेनले नयाँ सरकार गठनपछि सामाजिक सञ्जालमा लेखेका थिए,‘नयाँ सांसद, नयाँ गफाडीहरु, उही पुरानो देश, उही पुराना व्यापारीहरु ।’

गृहमन्त्रालयले भने पत्र महानगरको पत्र आएमा छलफल गरेर निर्णय लिने बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);