सशस्त्रका ९१ सुरक्षाकर्मी फिर्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सशस्त्रका ९१ सुरक्षाकर्मी फिर्ता

काठमाडौं । गृहमन्त्रालयको निर्देशनपछि कार्यविधिविपरीत सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु फिर्ता भएका छन् ।

गएको मंगलबार गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मी हरु सम्बिन्धत निकायमा फिर्ता भएका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलको अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूको व्यक्तिगत सहयोगीको रुपमा खटिएका सुरक्षा अधिकारिहरु फिर्ता भएका हुन् ।

निर्देशनपछि मापदण्डविपरीत पूर्वकर्मचारी, सुरक्षाकर्मीसहितका व्यक्तिको सुरक्षामा खटिएका नेपाल प्रहरीका १०३ जना र सशस्त्र प्रहरी ९१ जनागरी १९४ सुरक्षाकर्मी फिर्ता भएको पोखरेलले जानकारी दिए ।

यो तथ्यांक केन्द्रको मात्र भएको र जिल्लामा निर्देशन दिएकाले यो संख्या अझ धेरै हुन सक्ने उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);