भिभिआइपी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

भिभिआइपी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता हुँदै

security army

काठमाडौं, ६ वैशाख । गृह मन्त्रालयले विशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छ ।

सीमा सुरक्षामा जनशक्ति अभाव भएपछि विश्ष्टि व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस भएको हो ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रामबहादुर थापाले सो प्रस्ताव पेस गरेका हुन् । मन्त्रालयले पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री, राजनीतिक दलका नेता, पूर्व मन्त्रीहरुको सुरक्षार्थ खटिएका दुई तिहाइ अर्थात ७५ प्रतिशत सुरक्षाकर्मी पनि फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गरेको छ ।

पूर्व प्रधानमन्त्रीलाई ३ जना, गृहमन्त्रीलाई दुई जनाबाहेक सबै सुरक्षाकर्मी फिर्ता गर्ने प्रस्ताव गरिएको छ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);