रेमिट्यान्स झण्डै एक खर्ब घट्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

रेमिट्यान्स झण्डै एक खर्ब घट्ने

remitance

काठमाडौं, ६ वैशाख । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण चालु आर्थिक वर्षमा नेपालको रेमिट्यान्स आय करिब १० प्रतिशतले घट्ने अनुमान विज्ञहरुले गरेका छन् ।

विभिन्न रोजगार गन्तव्यमा रहेका लाखौँ नेपाली श्रमिक कोरोनाको जोखिममा छन्, थुप्रै मुलुकले श्रमिक कटौति नीति लिएका छन् । यसबाट नेपालको रेमिट्यान्स आय दुई अंकको दरमै घट्ने देखिएको नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको भिडियो कन्फेरेन्समा सहभागी विज्ञहरुले बताएका हुन् ।

कोरोनाका कारण धेरै मुलुकका रोजगारदाताले श्रमिक कटौती गरेका छन् । कटौतीमा नेपाली पनि परेका छन् । यसले गर्दा यो वर्ष नेपाल भित्रिने रेमिट्यान्स १० प्रतिशतले घट्न सक्ने अनुमान गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्टले बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);