रेमिट्यान्स १४ प्रतिशतले घट्ने बैकको अनुमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

रेमिट्यान्स १४ प्रतिशतले घट्ने बैकको अनुमान

remitance

काठमाडौं, ११ वैशाख । विश्व बैकले कोरोना महामारी तथा पेट्रोलियम पदार्थको घट्दो मूल्यका कारण सन् २०२० मा नेपाल भित्रिने रेमिट्यान्स १४ प्रतिशतले घट्ने अनुमान गरेको छ । कोरोना महामारीका कारण विश्वभर प्रवाह हुने रेमिट्यान्स सन् २०१९ को तुलनामा २० प्रतिशतले घट्दा नेपालमा १४ प्रतिशतले घट्ने विश्व बैंकले प्रक्षेपण गरेको हो ।

दक्षिण एसियाली क्षेत्रमा भने रेमिट्यान्स २२ प्रतिशतले घट्ने बैंकको अनुमान छ । यो क्षेत्रमा २०१९ मा ६ दशमलव १ प्रतिशतले बढेर १सय ९ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्रिएको थियो । कोरोना महामारीका कारण सिर्जना भएको आर्थिक संकट, तेलको मूल्यमा भइरहेको गिरावटका कारण दक्षिण एसिया क्षेत्रको रेमिट्यान्स धेरै प्रभावित हुने विश्व बैकको प्रक्षेपण छ ।

तेलको मूल्यमा भइरहेको गिरावटका कारण खाडी क्षेत्रका देशबाट आउने रेमिट्यान्स धेरै प्रभावित हुने विश्व बैंकको प्रक्षेपण छ । नेपालका अधिकांस कामदारको गन्तव्य खाडी मुलुक रहेको छ । यसैगरी दक्षिण एसियाका भारत र पाकिस्तानमा २३ प्रतिशतले बंंगलादेशमा २२ र श्रीलंकामा १९ प्रतिशतले रेमिट्यान्स घट्ने विश्व बैंकको अनुमान छ । कोरोना महामारीका कारण सिर्जना भएको आर्थिक संकटका कारण रेमिट्यान्स प्रभाव खुम्चेर आधुनिक इतिहासकोकै ठूलो गिरावट हुने बैंकको भनाइ छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);