बागलुङमा भित्रने रेमिट्यान्समा ८० प्रतिशतले गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बागलुङमा भित्रने रेमिट्यान्समा ८० प्रतिशतले गिरावट

remitance

सुवास आचार्य
बाग्लुङ, ८ चैत । कोरोना भाइसरले विश्व आक्रान्त बनिरहेका कारण नेपालको आर्थिक आम्दानीको राम्रो स्रोतहरु मध्ये एक रेमिट्यान्समा समेत गिरावट आएको छ ।

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने जिल्लाका रुपमा चिनिने बाग्लुङमा दैनिक ६ करोडभन्दा बढी रेमिट्यान्स भित्र्याउँदै आएकोमा पछिल्लो पटक भने ८० प्रतिशतले कमी आएको छ ।

बैदेशिक रोजगारीका लागि पुगेका मुलुकहरुमा कोरोनको संक्रमण फैलिए पछि नेपाली युवाहरुले आफुले गरेको श्रमको रकम नेपाल पठाउन नपाएपछि बाग्लुङको रेमिट्यान्समा कमी आएको हो ।

बाग्लुङबाट ५० हजार भन्दा बढी युवाहरू रोजगारको लागि बिदेशीएका छन् । दैनिक ६ करोडभन्दा बढी रेमिट्यान्स भित्रने बागलुङमा यतिबेला कोरोनाको कारणले ८० प्रतिशतले कमी आएको रेमिट्यान्स कम्पनीहरुको भनाई छ ।

कोरोना भाईरसका कारण नेपालमा भित्रिँदै आएको करोडौँको रेमिट्यान्स ठप्प जस्तै हुन लागेको छ । यसले रेमिट्यान्समा निर्धारित परिवारलाई त संकटमा पारेको छ नै रेमिट्यान्स कम्पनी पनि मारमा परेका छन् । बाग्लुङ सदरमुकाममा रहेका तीन दर्जनभन्दा बढी बैंक तथा बित्तिय संघसंस्थाले रेमिट्यान्सको कारोवार गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);