दुुरुपयोग भएका सुरक्षाकर्मीलाई फिर्ता पठाउन गृहको ४८ घण्टे अल्टिमेटम | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

दुुरुपयोग भएका सुरक्षाकर्मीलाई फिर्ता पठाउन गृहको ४८ घण्टे अल्टिमेटम

काठमाडौं । गृहमन्त्रालयले सत्ता र पहुुँचका आधारमा नियमविपरित खटिएका सुरक्षाकर्मीहरुलाई ४८ घण्टाभित्र फिर्ता गर्न आग्रह गरेको छ। विशिष्ट व्यक्तिहरुको सुरक्षाको नाममा दुरुपयोग भएका सुरक्षाकर्मीलाई फिर्ता पठाएर सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन मन्त्रालयले निर्देशन दिएको हो ।

गृहले विशिष्ट व्यक्तिहरुको सुरक्षाको नाममा सुरक्षाकर्मीको दुरुपयोग भएको भन्दै ४८ घण्टाभित्र सुरक्षाकर्मीहरुलाई आफ्नै युनिटमा फर्किन आग्रह गरेको हो । सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ लागु गरेको भए पनि त्यसको दुरुपयोग भएको मन्त्रालयको भनाइ छ ।

कार्यविधि अनुसार नेपाल सरकारका पूर्वराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, समाभुम, गृहमन्त्री, नेपाली सेनाका सेनापति, प्रहरीका आईजीपी, सशस्त्र प्रहरी बलक महानिरीक्षक, मुख्य सचिव लगायतलाई सुरक्षाकर्मी उपलब्ध गराउने प्रावधान छ ।

सुरक्षा खतरा भए विशिष्ट व्यक्तिहरुलाई एक भन्दा बढी सुरक्षाकर्मी उपलब्ध गराउने सकिने व्यवस्था छ । हाल ६ सय ३१ जना नेपाल प्रहरी विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);