पूर्वविशिष्ट व्यक्ति तथा पूर्वप्रहरी अधिकारीसँग खटिइएका सुरक्षाकर्मी फिर्ता गर्न खोज्दा हाकिम रुष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पूर्वविशिष्ट व्यक्ति तथा पूर्वप्रहरी अधिकारीसँग खटिइएका सुरक्षाकर्मी फिर्ता गर्न खोज्दा हाकिम रुष्ट

security police army

काठमाडौं, ७ असोज । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थासम्बन्धी नयाँ कार्यविधि कार्यान्वयन नहुँदा व्यक्तिगत सुरक्षाका नाममा घरेलु काममा लगाइएका राष्ट्रसेवक सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउन समस्या देखिएको छ ।

सरकारका पूर्व तथा बहालवाला विशिष्ट व्यक्तिको सुरक्षामा खटिने प्रहरी कर्मचारीलाई पीएसओ (पर्सनल सेक्युरिटी अफिसर्स) भन्ने गरिन्छ । पीएसओ अधिकृतसंँगै अन्य प्रहरी कर्मचारीसमेत घरेलु कामदारका रूपमा प्रयोग हुन थालेपछि चर्को विरोध हुन थालेको हो ।

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट व्यक्तिगत सुरक्षामा खटाइएका अधिकांश प्रहरी कर्मचारी फिर्ता आएको दाबी गरे पनि कतिपय विशिष्ट तथा पूर्वविशिष्ट  व्यक्तिको सुरक्षामा खटिएकालाई फिर्ता गर्न भीआईपी सुरक्षा कार्य्विधि कार्यान्वयन नहुँदा समस्या देखिएको छ ।

गृह प्रवक्ता रामकृष्ण सुवेदी राज्यका पूर्वविशिष्ट  व्यक्ति तथा पूर्वप्रहरी अधिकारीसँग मापदण्डविपरीत खटिइएका सुरक्षाकर्मी फिर्ता गरिसकेको बताउँछन् । गृहमन्त्री रामबहादुर थापाले गृह प्रशासन सुधारको ८२ बुँदे कार्ययोजनामा यस विषयलाई प्राथमिकतामा राखेका थिए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भने, “सुधार गर्न खोज्दा हाकिमहरू धेरै रुष्ट भएका छन् । ” त्यस्तै विभिन्न राजनीतिक पार्टीका वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीलगायतका विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थामा खटाइएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता गर्न कार्याविधि कार्यान्वयन गर्नैपर्ने बाध्यता आइलागेको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);