तमु ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने राष्ट्रपतिको विश्वास | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

तमु ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान चाड तमु ल्होसार पर्व, २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णलाई शुभकामना व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वले नेपालीहरुमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने कामना गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएकी छिन् ।

नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरु भएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने गरिन्छ । गुरुङ समुदायको बाहुल्यता रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ‚ कास्की, पर्वत लगायतका जिल्लाहरूमा यो पर्व धुमधामसँग मनाउने गरिन्छ ।

तमु ल्होसारको दिन गुरुङ समुदायका महिलाहरू शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो तथा पुरुषहरू टोपी, भोटोमाथि भाङ्ग्रो‚ कछाड अनि पटुकी बाँधेर सजिन्छन् । यस अवसरमा घाटु, सोरठी‚ कौडा जस्ता परम्परागत नृत्य गर्दै रमाइलो गर्ने गर्दछन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);