सार्वजनिक यातायात सुधार गर्न पौडेलको नेतृत्वमा कार्यदल गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सार्वजनिक यातायात सुधार गर्न पौडेलको नेतृत्वमा कार्यदल गठन

old bus park

काठमाडौँ, १३ गते । सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विज्ञसहितको कार्यदल गठन गरेको हो ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठनको निर्णय गरेका हुन् । पूर्वसचिव शरदचन्द्र पौडेल संयोजक रहेको कार्यदलमा सात सदस्य रहनेछन् । कार्यदलले अध्ययनलाई प्रतिवेदनका रूपमा पेस गर्ने छ ।

कार्यदलको सदस्यमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इञ्जीनियरिङ क्याम्पसका प्राध्यापक डा पदमबहादुर शाही, यातायातविज्ञ मधुसुदन आचार्य र इञ्जीनियर विजय गौतम सदस्य रहेका छन् । कार्यदलमा यातायात व्यवसायी महासङ्घका प्रतिनिधि यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेय सदस्यसचिव रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);