सवारी दुर्घटनाका त्रुटि पत्ता लगाउन कार्यदल गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सवारी दुर्घटनाका त्रुटि पत्ता लगाउन कार्यदल गठन

काठमाडौं,१ माघ । सवारी दुर्घटना बढ्न थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भौतिक तथा प्राविधि पक्षका त्रुटिहरु पत्ता लगाउन पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

सडक दुर्घटनाबाट मानवीय, आर्थिक र भौतिक क्षति हुन थालेपछि मन्त्री प्रकाश ज्वालाले भौतिक र प्राविधिक पक्षका त्रुटिहरु पत्ता लगाउन कार्यदल गठन गर्नुभएको हो । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस शुक्रबार राति दुर्घटना हुँदा १२ जनाले ज्यान गुमाएका थिए । शनिबार थानकोट–चित्लाङमा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको थियो । त्यसैगरी शनिबार बाग्लुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो । दुई दिनभित्र १९ जनाको ज्यान गएपछि मन्त्रालयले कार्यदल गठन गरेको मन्त्रालयका सहसचिव रघुराम विष्टले जानकारी दिनुभयो ।

कार्यदललाई एक महिनायताका सवारी दुर्घटना, विगतका कार्यदलका प्रतिवेदन र स्थलगत अध्ययन, दुर्घटनाका कारण र पक्षको विश्लेषण गर्ने जिम्मेवारी दिइएको छ । सडक दुर्घटना न्यूनीकरणका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरू सुझाउन पनि कार्यदललाई जिम्मेवारी दिइएको सहसचिव विष्टले जानकारी दिनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);