गृहमन्त्री लामिछानेको मुद्दामा कस्तो आउला फैसला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

गृहमन्त्री लामिछानेको मुद्दामा कस्तो आउला फैसला ?

काठमाडौं, १३ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दाको अन्तिम सुनुवाई आज हुँदैछ । गत माघ ११ गते संवैधानिक इजलासले यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
दुवैतर्फका वकिलहरुको बहस सकिएपछि यो मुद्दामा सम्भवत आजै सर्वोच्च अदालतले निर्णय गर्नेछ ।

लामिछानेविरुद्धको नागरिकता मुद्दामा अदालतले नागरिकता स्वतः कायम हुने वा स्वतः कायम नहुने यी दुई विषयमा फैसला गर्नेछ । फौजदारी कसुरमा अनुसन्धान गरी कारबाही गर्न समेत निर्देशनात्मक आदेश दिने सम्भावना देखिन्छ ।
नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता त्याग गरेपछि नेपाली नागरिकता स्वतः खारेज हुने र पछि विदेशी मुुलुुकको नागरिकता त्याग गरेको अवस्थामा सो को प्रमाण बुुझाएपछि प्रक्रिया पूू्रा गरेर मात्रै नेपालको नागरिकता प्राप्त भएको मानिने व्याख्या गरेमा लामिछानेको सम्पुर्ण पद खारेज हुनेछ । त्यसपछि मात्र पुनः नागरिकता प्राप्त गर्न प्रक्रियामा जानुपर्ने हुन्छ ।

लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहेको वा नरहेको र अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन फेरि आवेदन दिनुपर्ने थियो वा थिएन भन्ने विवाद इजलासमा छलफल हुनेछ ।

अमेरिका हुँदा त्यहाँको नागरिकता लिएका लामिछाने नेपाल आएर सञ्चारकर्म गरिरहँदा विवाद भएपछि त्यहाँको नागरिकता त्यागेका थिए । अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता फेरि कायम गर्ने प्रक्रिया पूरा नगरेको भनीे सांसद पद खारेज हुनुपर्ने मागदावी सहितको सर्वोच्च अदालतमा मुद्दा परेको हो ।

लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि फेरि नागरिकता कायम गराउन निवेदन नदिएकाले पुरानो नागरिकता प्रमाणपत्र बैध नहुने दावी रिट निवेदकको छ । नागरिकता परित्याग नगरेको लामिछानेको दावी छ ।

अमेरिकाको नागरिकता लिएपछि नेपालको नागरिकता कायम नरहे पनि विदेशी त्याग्नासाथ स्वतः कायम हुने लामिछाने पक्षको तर्क छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);