गृहमन्त्री लामिछानेको मुद्धाको सुनुवाइ जारी, बहस सकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गृहमन्त्री लामिछानेको मुद्धाको सुनुवाइ जारी, बहस सकियो

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादबारेको मुद्दाको बहस सकिएको छ । लामिछानेविरुद्धको मुद्धामा शुक्रबार सर्वोच्च अदालतको सवैधानिक इजलासमा सुनुवाइ भइरहेको थियो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा अहिले भर्खरै बहस सकिएको हो ।

प्रारम्भमा रिट निवेदकको तर्फबाट बहस भएको छ । बहसका क्रममा रिट निवेदकका कानुन व्यवसायीहरुले रवि लामिछानेको सांसद पद खारेज भागी रहेको जिकीर गरेका छन् ।

बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ताहरु अमृत खरेल, रमण कर्णसहितका कानुन व्यवसायीले लामिछानेको नेपाली नागरिकता नभएकाले उनको सांसद पद स्वतः खारेज हुने जिकीर गरेका हुन् ।

अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको र स्वतः खारेज भएको नेपाली नागरिकता बुझाएर प्रनिधिसभा सदस्य निर्वाचनमा भाग लिएकाले लामिछानेको सांसद खारेज हुनुपर्ने उनीहरुले माग गरेका छन् ।

नेपाली नागरिकले मात्र निर्वाचनमा भाग लिन पाउने रिट निवेदकतर्फका कानुन व्यवसायीले लामिछानेको उम्मेदवारी अवैध घोषित गरेर सांसद पद स्वतः खारेज हुनुपर्ने तर्क गरेका हुन् ।

बहस सकिएसँगै न्यायाधीशहरु छलफलमा जुटेको जनाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);