राजसंस्थाको अपरिहार्यता स्वीकार गर्नुपर्ने अवस्था छ : राप्रपा नेता लावती | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

राजसंस्थाको अपरिहार्यता स्वीकार गर्नुपर्ने अवस्था छ : राप्रपा नेता लावती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले नेपालको सार्वभौमिकता, राष्ट्रियता र प्रजातन्त्र सुढृद गर्न राजसंस्थाको अपरिहार्यतालाई स्वीकार गर्नु पर्ने बताएका छन् ।

‘सकारात्मक शान्ति, धर्म, सँस्कृति, परम्परा र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न राजसंस्थाको आवश्यकता देशव्यापी महसुस भएको छ । नेपालको सार्वभौमिकता, राष्ट्रियता र प्रजातन्त्रसमेत सुढृद गर्न राजसंस्थाको अपरिहार्यता स्वीकार गर्नु पर्ने अवस्था छ,’ राप्रपाका कार्यसम्पादन समिति सदस्य लावतीले भने ।

‘देशमा राजसंस्था चाहिएको छ, हिजो भएको गल्ती सच्याउनु परेको छ । विकसित घटनाक्रमले यही अवस्था चित्रण गरेको छ,’ उनले भने । ‘सुर्यलाई हत्केलाले कति दिन छेक्ने ?’

राप्रपाका युवा नेता लावतीले शान्ति प्रक्रियाको आरम्भबाटै संरचनागत त्रुटी भएको बताए ।

‘राजसंस्था अर्थात् दरबार, संसदवादी शक्ति र माओवादीबीच त्रिपक्षीय द्वन्द्व थियो । तर शान्ति प्रक्रियामा द्वन्द्वको एक पक्ष, राजसंस्थालाई समावेश गरिएन । सोही संरचनागत त्रुटीको प्रतिफल नेपालमा सकारात्मक शान्ति प्राप्त भएन,’ लावतीले भने ।

सकारात्मक शान्ति, नयाँ नेपाल, समावेशिता, समृद्धि र पहिचान केही पनि बाचा गरे अनुसार पूरा नभएको उनको भनाइ थियो ।

राप्रपा महाधिवेशनको चर्चा गर्दै उनले संस्थापकहरुको योगदानको कदर गर्दै पार्टीलाई दीर्घजीवन दिनु पर्दछ, उनले भने । ‘यसैले विधिमा अडेर महाधिवेशनबाट विश्वनसीय नेतृत्व चयन गर्नु पर्दछ ।’

राप्रपाको निरन्तरता र बृहत्तर हित मध्यनजर गर्दै, युवा र महिलालाई समेट्न पार्टीले कुनै कसर बाँकि राख्नु नहुनेमा उनको जोड थियो ।

महाधिवेशनको सन्दर्भमा नेतृत्व हस्तान्तरणको बहस राप्रपा भित्र जारी रहेको स्वीकार गर्दै नेता लावतीले बहुसंख्यक युवा भएको देशमा, युवा उर्जाको यथेष्ट उपयोग र सम्मान हुनु पर्न जिकिर गरे । दोस्रो पुस्ताको बहसबाट पार्टी पछि फर्कने नसक्ने उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);