दशैँकोमा भाडादर बढाउने व्यवसायीलाई कारबाही गर्ने यातायात विभागको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँ, ७ असोज । टिकट बुकिङ खुलेको एक हप्ता पुग्दासम्म नयाँ बसपार्कबाट धेरै यात्रुहरु राजधानीबाट बाहिरी सकेका छन । दशैंका लागि गत भदौ २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको थियो । नयाँ बसपार्क, गौशाला, सुन्धारा, पुरानो बसपार्क, कोटेश्वर, बल्खुलगायतका स्थानमा अग्रिम बुकिङ खुला गरिएको छ ।

दशैंका लागि बसको अग्रिम टिकट बुकिङ ढिला खुलेपनि टिकट लिनेको लाइन विगतका वर्षमा भन्दा पातलो देखिएको छ । काठमाडौंको नयाँ बसपार्क लगाएतका अन्य काउन्टरमा टिकट लिनेको संख्या पातलो भएको कारणले यात्रुहरुले सहजै रुपमा टिकट पाएका छन् ।

सुरुका दिन टिकट बुकिङका लागि भीड लागेपनि पछिल्ला दिनमा भीड पातलिएको हो । टिकट काटेकाहरु घर फर्कन थालिसकेका छन् ।

अन्य काउन्टर भन्दा धेरै यात्रुहरु नयाँ बसपार्कबाट बढी यात्रुहश्र बाहिरिने गरेको देखिएको छ । दशैंका लागि ७० प्रतिशत टिकट बुकिङ भइसकेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

सडकको दुरावस्था र वर्षाका कारण केही यात्रुले अझै पनि टिकट काटेका छैनन् । गत वर्षको तुलनामा यस वर्ष कम टिकट बुकिङ भएको छ र यात्रुहरुले पहिलेको तुलनामा अहिले सहजै रुपमा टिकट पाएको यात्रुहरुको भनाइ छ ।

यातायात विभागले तोकिएको भन्दा बढी भाडा उठाए नउठाएको अनुगमनका लागि पाँच वटा टोली परिचालन गर्ने बताएको छ । भाडाबारे जानकारी गराउन तथा टिकटमा कालोबजारी रोक्न विभागले काठमाडौं उपत्यकाका एक दर्जन स्थानमा यात्रु सहायता कक्ष राखिएको जनाएको छ । दशैं मनाउन २५ लाख मानिसले काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । ती यात्रु ओसार्न काठमाडौंबाट दैनिक २५ सयदेखि ३ हजार बस छुट्ने व्यवस्था मिलाइएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);