नेकपाकाे सचिवालय बैठक : पार्टी भित्रका नेता कार्यकर्ताकाे सार्वजनिक टिप्पणी नगर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपाकाे सचिवालय बैठक : पार्टी भित्रका नेता कार्यकर्ताकाे सार्वजनिक टिप्पणी नगर्न निर्देशन

काठमाडौं, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टीले कानुनमन्त्री भाुनभक्त ढकाललाई सुरक्षा विभाग प्रमुख र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई प्रादेशिक मामिला उपप्रमुखमा नियुक्त गरेको छ ।

पार्टी कार्यालय धुमबराहीमा सोमबार बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रिय सुरक्षा विभाग प्रमुखमा कानुन मनत्री भानुभक्त ढकाललाई र उपप्रमुखमा राम कुमार राईलाई नियुक्त गरेको हो ।

यसअघि राईलाई खोटाङको सहइन्चार्जको जिम्मेवारी दिइएको थियो । सो जिम्मेवारीबाट हटाएर राईलाई राष्ट्रिय सुरक्षा विभाग उपप्रमुखको जिम्मेवारी दिईएको हो ।

त्यसैगरी प्रादेशीक मामिला विभागको उपप्रमुखमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई नियुक्त गरेको हो । त्यस्तै पत्रकार तथा लेखक विष्णु रिजाललाई विदेश विभागको उपप्रमुखको जिम्मेवारी दिईएको छ ।

बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पद्मा राई र किरण राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । पार्टी एकता प्रक्रियामा सामेल भएका मध्येबाट १० प्रतिशत सम्म केन्द्रीय समितिमा समावेश गर्न सकिने प्रावधान अनुसार सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।

सचिवालय बैठकले विभिन्न जिल्ला, जनवर्गिय संगठन र विभागका उपप्रमुख र सहइन्चार्जहरुको नियुक्त र जिम्मेवारी हेरफेर पनि गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले सहकारी तथा गरिवी निवारण विभागको उपप्रमुखमा कमल चौलागाईलाई नियुक्त गरेको छ । यसअघि उपप्रमुखको जिम्मेवारी धर्मदत्त देवकोटालाई दिईएको थियो ।

बैठकले झलनाथ खनाल नेतृत्वको नीति अध्ययन प्रतिष्ठानको सहसंयोजकमा पूर्व राजदुत प्रमेश हमाललाई नियुक्त गरेको छ । नीति अनुसन्धान प्रतिष्ठानको सह संयोजकको जिम्मेवारी रमेश धमाललाई दिईएको छ । धमाललाई ललितपुरको सह इन्चार्जबाट हटाईएको छ ।

त्यसैगरी, कर्णाली प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा सत्या पहाडी, सुदुर पश्चिम प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा विरमान चौधरी लाई नियुक्त गरिएको छ । चौधरीलाई यसअघि कैलालीको सहइन्चार्ज को जिम्मेवारी दिईएको थियो । बैठकले जनवर्गिय संगठनको सह इन्चार्जहरुमा पनि नया व्यवस्था गरेको छ ।

अखिल नेपाल महिला संघको सह इन्चार्जमा अमृता थापा र सिता पौडेललाई थप गरिएको छ । आदीवासी जनजाती महासंघ नेपाल र सम्बद्ध संगठनहरुको सह इन्चार्जमा सुरेश आलेमगर र शेर बहादुर तामाङलाई थप गरिएको छ ।

नेपाल दलित मुक्ति संगठन र सम्बद्ध संगठनहरुको सह इन्चार्जमा तिलक परियार र बोम बहादुर विश्वकर्मालाई, प्रेस संगठन नेपाल र सम्बद्ध संगठनहरुको सहइन्चार्जमा महेश्वर दाहाल, जनसांस्कृतिक महासंघ नेपाल र सम्बद्ध संगठनहरुको इन्चार्जमा केदार न्यौपाने, सहइन्चार्जमा खगेन्द्र राई, खेलकुद महासंघ र सम्बद्ध मोर्चाको इन्चार्जमा जीवन घिमिरे र अजम्बर काङवाङलाई, इन्जिनियरिङ संगठनको सहइन्चार्जमा रामकुमारी झाँक्री र शिक्षक सम्बद्ध संगठनको सहइन्चार्जमा हिक्मत कार्कीलाई नियुक्त गरिएको छ ।

त्यसैगरी ताप्लेजुङ जिल्ला सहइन्चार्जमा तिलकुमार मेन्याङबो, सुनसरी जिल्ला सहइन्चार्जमा भगवती चौधरी, सिरहा जिल्ला सहइन्चार्जमा प्रमोद नारायण यादव र हरिनारायण चौधरी र चुँडामणी जंगलीलाई कास्की र दीपक देवकोटालाई कैलाली जिल्ला सहइन्चार्जको जिम्मेवारी दिईएको छ ।

सार्वजनिक टिप्पणी नगर्न निर्देशन

सचिवालय बैठकले पार्टी भित्रका नेता कार्यकर्ताका बारेमा सार्वजनिक टिका टिप्पणी नगर्न कडा निर्देशन दिएको छ । नेता कार्यकर्ताका बारेमा केही भन्नु परेमा तथ्यसंगत ढंगले पार्टीको आन्तरिक बैठकहरुमा राख्ने तर सार्वजनिक रुपमा टिकाटिप्पणी नगर्ने निर्णय बैठकले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

सार्वजनिक रुपमा नेताहरुको बारेमा टिका टिप्पणी गरेको पाईएमा स्पष्टीकरण लिदै आवश्यक कारावाही गर्ने निर्णय पनि बैठकले गरेको उहाँले जानकारी दिनुभयो । बैठकले सिंगापुरमा उपचाररत अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको पनि कामना गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);