प्रधानमन्त्रीले गरे भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद् बैठकको अध्यक्षता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

प्रधानमन्त्रीले गरे भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद् बैठकको अध्यक्षता

भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद् बैठक

काठमाडौं, ९ भदौ । उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद् बैठकको अध्यक्षता गर्नुभएको छ ।

सोमबार सिंहदरबारमा पहिलो पटक भिडियो कन्फ्रेन्स मार्फत मन्त्रिपरिषद् बैठकको अभ्यास गरिएको हो । बैठकमा मन्त्रीहरुले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका थिए ।

प्रधानमन्त्री ओलीले पनि धन्यवाद दिंदै स्वास्थ्य उपचार सफलता पुर्वक र राम्रो ढंगले अघि बढेको जानकारी गराउनुभएको थियो । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भिडियो कन्फ्रेन्सको पहिलो प्रयास सफल भएको जानकारी दिनुभयो ।

बैठकमा मन्त्रीहरुले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्नुको साथै आ–आफ्नो मन्त्रालयगत समस्या राखेको र ती समस्यामा प्रधानमन्त्रीले पनि आवश्यक निर्देशन दिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो ।

भिडियो कन्फ्रेन्स मार्फत गरिएको मन्त्रीपरिषद् बैठकको भिडियो खिच्न भने दिईएको थिएन । मन्त्रिपरिषद् बैठकले नै प्रधानमन्त्री ओली सिंगापुर जानु अघि कार्यविधि संशोधन गरि भिडियो कन्फ्रेन्स मार्फत पनि मन्त्रिपरिषद् बैठक बस्ने सक्ने व्यवस्था गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);