भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरिएकोमा कांग्रेसको आपत्ती | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरिएकोमा कांग्रेसको आपत्ती

भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद् बैठक

काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरिएकोमा गम्भीर आपत्ती जनाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले यथास्थानबाट उठेर सभामुखको ध्यानाकर्षण गराउँदै भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरेकोमा आपत्ती जनाएका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले उच्च र आधुनिक प्रविधिको उपयोग र सदुपयोग गर्नु राम्रो भएपनि प्रविधिको दुरुपयोग कसैको लागि पनि उपयुक्त नहुने भन्दै भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरिएकोमा आपत्ती जनाउनुभयो ।

उहाँले भन्नुभयो “प्रधानामन्त्री काठमाडौंमा उपलब्ध नभएको बेलामा पनि भिडियो कन्फ्रेन्सको माध्यमबाट मन्त्रीपरिषद् बैठक चलाउन मिल्ने कार्यविधिमा संशोधन गरिएको छ । यो विल्कुलै अनुचित छ । यसबाट सुचना चुहिने र गोपनियता पनि लिक भएर जाने गम्भीरता रहन्छ ।”

बालकृष्ण खाँड
बालकृष्ण खाँड

प्रधानमन्त्री बाहिर जाँदा कार्यभार सम्हाल्ने गरि कार्यवहाक प्रधानमन्त्री पनि तोकिएको स्मरण गराउँदै उहाँले भिडियो कन्फ्रेन्स हेर्दा प्रधानमन्त्री पनि कार्यरत नै भएको देखिएको भन्दै यस्ता गम्भीर त्रुटी नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

मन्त्रीपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधन गरिएको प्रति पनि कांग्रेसले गम्भीर आपत्ती जनाएको छ । प्रमुख सचेतक खाँडले अधिकार दुरुपयोग गरि मन्त्रीपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधन गरिएको भन्दै कार्यविधिमा भएको संशोधन अबिलम्ब संशोधन गरेर पुर्ववर्ती अवस्थामा नै लैजान सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “यदि सम्मानीय प्रधानमन्त्री नहुँदा भिडियो कन्फ्रेन्स मार्फत क्याबिनेटको बैठक संचालन गर्न मिल्ने हो भने भोली सभामुख हुनुभएन भने यो प्रतिनिधिसभाको पनि बैठक बस्न सक्छ सभामुख ज्यू ?”

सभामुखले बैठक सुरु भएको जानकारी गराए लगत्तै नेपाली कांग्रेसका सांसदहरु यथास्थानमा उभिएर ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुखले प्रमुख सचेतक खाँडलाई बोल्नका लागि समय दिनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);