महिला सांसदलाई प्रभावकारी र सक्रिय भूमिका निर्वाह गर्न उपसभामुखको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

महिला सांसदलाई प्रभावकारी र सक्रिय भूमिका निर्वाह गर्न उपसभामुखको आग्रह

shivamaya tumbahamfe

काठमाडौं, १० भदौ । संघीय संसदमा महिला सांसदहरुको भूमिका थप बृद्धि गर्न संसद सचिवालयले संसदीय अभ्यास सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख शिबमाया तुम्बाहाम्फेले महिला सांसदहरुलाई संसदमा प्रभावकारी र सक्रिय भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले महिला सांसदहरुको भुमिका अपेक्षित रुपमा प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले संसदीय प्रक्रिया पुरानो भएपनि महिला सांसदहरुलाई संघीय संदको सुन्य र बिशेष समयका बिषय र शैलीलाई अधिकतम प्रयोग र सुधार गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान, कानून र नियमभित्र रहेर संसदीय भुमिका निर्वाह गर्नुपर्नेमा जोडदिनुभयो ।

अन्तरक्रियामा महिला सांसदहरुले निर्वाचित र समानुपातिक सांसदहरुलाई गरेको विभेद, कार्यविधि परिर्वतन तथा संसदीय प्रणालीका अन्य विषयमा जिज्ञासा राखेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);