प्रचण्डको निर्णयमा ओलीको सिंगापुरबाट आपत्ति, नेकपाको गुट राजनीतिमा राष्ट्रपति किन ? : गणेश शाह (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

प्रचण्डको निर्णयमा ओलीको सिंगापुरबाट आपत्ति, नेकपाको गुट राजनीतिमा राष्ट्रपति किन ? : गणेश शाह (भिडियोसहित)

kharo prashna with ganesh shah

काठमाडौं,  १० भदौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय मध्ये एक जना अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारको लागि सिंगापुरमा हुनु हुन्छ र अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको जिम्मेवारी सम्हालिरहनु भएको छ । पार्टी एकीकरणको १५ महिना पछि प्रचण्डले पहिलो पटक आफ्नो नेतृत्वमा सचिवालय बैठक बोलाउनु भयो र त्यो बैठकमार्फत दाहाल जसरी सक्रिय हुनु भएको छ, नेकपाका नेता-कार्यकर्ता आशावादी देखिएका छन् । माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कुरा गर्दै नेकपा स्थायी कमिटी सदस्य गणेश शाहले  राष्ट्रपतिले पार्टीको आन्तरिक गतिबिधिमा चासो राख्नु स्वाभाविक कुरा भएको तर कुनै खालको हस्तक्षेप गर्न खोज्नु भनेको कुरा चाहिँ अस्वाभाविक हुने बताउनु भयो । यी र यस्तै विषयमा प्रस्तोता केदार कोइरालाले गणेश शाहसंग गरेको कुराकानी हेर्नुहोस् :