श्रमिकको पारिश्रमिक बैकिङ प्रणालीबाट भुक्तानी गर्न मन्त्री विष्टको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

श्रमिकको पारिश्रमिक बैकिङ प्रणालीबाट भुक्तानी गर्न मन्त्री विष्टको आग्रह

gokarna bista

काठमाडौं, ९ भदौ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमीकहरुको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ । सामाजिक सुरक्षा कोषले आईतबार आयोजना गरेको होटल संघ नेपाल र मन्त्रालयबीचको संयुक्त अन्तरक्रियामा मन्त्री विष्टले रोजगारदाताहरुलाई बैकिङ प्रणालीबाट पारिश्रमिक भुक्तानी गर्न आग्रह गर्नुभएको हो ।

उहाँले कुनै पनि रोजगारदाताले आफ्ना श्रमिकलाई नगद भुक्तानी गरेको देखिएमा श्रमिकले ज्याला प्राप्त गरेनन् भन्ने निष्कर्षमा सरकार पुग्ने भन्दै, त्यसपछि सरकार अर्को कदम चाल्न बाध्य हुने बताउनुभयो ।

कार्यक्रममा होटल संघ नेपाल कि अध्यक्ष श्रृजना राणाले राज्यले पर्यटन क्षेत्रलाई आर्थिक मेरुदण्डको रुपमा व्याख्या गर्ने गरेको भएपनि होटल व्यवसायलाई उद्योगको दर्जा नदिएकाले राज्यबाट पाउने सुविधाबाट बञ्चित हुनुपरेको गुनासो गर्नुभयो ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएपछि सामाजिक सुरक्षा कोषले क्षेत्र विशेषलाई प्राथमिकतामा राखेर अन्तरक्रियाहरु संञ्चालन गर्दे आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);